काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको गणना जारी छ । आइतबार बिहान साढे १० बजेसम्म गणना सकिएको एक करोड ४ लाख २० हजार १२५ मतमा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
२७ लाख ८८ हजार ३५६ मत ल्याएर एमाले पहिलो हुँदा दोस्रो स्थानमा रहेको कांग्रेसको मत २६ लाख ६० हजार २४६ रहेको छ । एमाले-कांग्रेसबीचको मतान्तर एक लाख २८ हजार ११० छ ।
माओवादी केन्द्र ११ लाख ६२ हजार १२४ मत पाएर तेस्रो स्थानमा रहँदा, ११ लाख २४ हजार ५४३ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीले पछ्याइरहेको छ ।
पाँचौ स्थानमा रहेको राप्रपाको ५ लाख ८६ हजार ६३८ मत छ । जनता समाजवादी पार्टीको ४ लाख २० हजार ९४६ मत रहेको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टीले तीन लाख ९४ हजार ५२३ मत छ । थ्रेस होल्ड कटाउन संघर्षरत् नेकपा एस भने जनमतभन्दा अझै एक लाखभन्दा बढी मतले पछाडि छ ।
नेकपा एसले २ लाख ९४ हजार ३६२ प्राप्त गरेको छ ।
FACEBOOK COMMENTS