काठमाडाैँ। समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने (कात्तिक २० गते)मंगलबार सकिदै छ । लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गरेको हो।
लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशनमा ल्याएको हो। निष्काशन बन्द छिटोमा कात्तिक २० गते र ढिलोमा कात्तिक २६ गते हुनेछ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कात्तिक १९ गते ११ बजेसम्ममालघुवित्तको एफपीओमा ११ लाख २७ हजार कित्ता बराबरको १ करोड ७० लाख बराबरको १ अर्ब ७० करोड कित्ता शेयरका लागि आवेदन परेको छ ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ २५ पैसा पुग्नेछ।
FACEBOOK COMMENTS