काठमाडौं । सभामुख देवराज घिमिरेको उपस्थितिमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बसेर समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनाउने निर्णय गरेको छ ।
बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा सभामुख आज बसेको बैठकले समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनाउन सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।
“सभामुख स्वयं उपस्थित भएर बैठक शुभारम्भ गराउनुभयो, त्यसपछि हामीले बैठकमा छलफल ग¥यौँ”, रासससँग कुरा गर्दै सभापति थापाले भने, “निर्धारित समय ९तीन महिना० भित्रै काम सक्नुपर्छ भनेर छलफल गरेका छौँ ।”
समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनेपछि शुक्रबार पुनः बैठक बसेर छलफल गर्ने तय भएको छ ।
यही जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न समिति गठन भएको थियो । नेकपा ९एमाले० सांसद सूर्यबहादुर थापाको सभापतित्वमा सात सदस्यीय छानबिन समिति गठन भएको होे ।
समितिको सदस्यमा नेकपा ९एमाले०बाट सरिता भुसाल, नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, नेकपा ९माओवादी केन्द्र०बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्र्रुवबहादुर प्रधान छन्् ।
FACEBOOK COMMENTS