काठमाडौं । संघीय संसद अन्तरगतका दुई वटा समितिको बैठक बस्ने भएको छ ।
संङघीय संसद सचिवालयका अनुसार आज अर्थ समिति र बिधायन ब्यवस्थापन समितिको बैठक रहेको छ ।
अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी काूननलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ ।
बिहान ११ बजे बस्ने बैठकमा उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल जानेछन् ।
विधायन व्यवस्थापन समितिको बैठक मध्यान्न १ बजेका लागि बोलाइएको छ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ छलफल हुने छ ।
FACEBOOK COMMENTS