काठमाडौं । समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
कम्पनीको पुतलीसडक शाखाले आज शुक्रबार सो कार्यक्रम आयोजना गरेको हो ।
फाइनान्सले मासिक रूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमहरूको सूचीमध्ये मंसिर महिनाका लागि तय भएको कार्यक्रमहरुको रुपमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ ।
विद्यार्थीहरूमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले पद्मोदय उच्च माध्यमिक विद्यालय, रामशाह पथ काठमाडौंमा कक्षा १२ का ५० जना विद्यार्थिलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको हो ।
यस्तै, मंसिर २३ गते शनिबार मधुवन शाखाले वराहक्षेत्र ११ का ५६ जना स्थानीय बासिन्दालाई रेमिट्यान्ससम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्रप्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ्गलगायत बैंकिङ्ग र मोबाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS