काठमाडौं । ग्लोबल मनी वीक, २०२४ को अवसरमा समृद्धि फाइनान्सका विभिन्न शाखाहरूले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेका छन् ।
हिजो बुधबार कम्पनीका जनकपुर, खरेन्द्रपुर, इटहरी र औरही शाखाले सो कार्यक्रम आयोजना गरेका हुन् ।
‘प्रोटेक्ट योर मनी, सेक्योर यो फ्युचर’ मूल नाराका साथ जनकपुर शाखाले मोडेल कलेजका ५० जना विद्यार्थी, खरेन्द्रपुर शाखाले क्वालिटी एजुकेसनका ४० जना विद्यार्थी, इटहरी शाखाले सिमरवन राधाकृष्ण महिला समूहका २५ जना महिला र औरही शाखाले बिजुलपुर बजारका २० जना स्थानीय बासिन्दालाई वित्तीय साक्षरता दिएको हो ।
अनावश्यक खर्चहरुलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषमा प्रस्तुतीकरण गरिएको थियो ।
FACEBOOK COMMENTS