काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौं फर्किएको छ ।
आज बिहान ६ बजेर १२ मिनेट जाँदा काठमाडौंबाट उडेको जहाज रामेछाप पुग्दा समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।
एसएमए ४०७ उडान नम्बरको जहाजको इन्जिनमा समस्या आएपछि काठमाडौंमै ल्याएर सुरक्षित अवतरण गरिएको हो । जहाजमा तीन जना चालक दलसहित १५ जना यात्रु थिए ।
एउटा इन्जिनमा समस्या देखिएको थियो । अहिले जहाज सुरक्षित रुपमा अवतरण गरिसकेको छ,’ स्रोतले जनाएको छ ।
FACEBOOK COMMENTS