काठमाडौं । सार्वजनिक यातायात सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका माग वार्ता र सम्वादमार्फत हल गर्न कार्यदल गठन गरिएको छ ।
आज सोमबार बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसित गृह मन्त्रालयमा छलफल गरी व्यवसायीको मागका सम्वन्धमा वार्ता गर्न कार्यदल गठन गरेका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको गृह मन्त्रालयले जनाएको छ । कार्यदलमा सरकारका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक रहने छन् ।
त्यसैगरी आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरसहित आठ जना रहनेछन् । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य कार्यदलको सदस्य सचिव रहने छन् ।
त्यसैगरी बैठकले वार्ता र सम्वादमार्फत समस्याको समाधान गर्न सरकार सकरात्मक रहेको सन्र्दभमा बन्द लगायतका कार्यक्रम फिर्ता लिन आन्दोलनरत यातायात व्यवसायीसँग अनुरोध समेत गरिएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
सरकार र यातायात व्यवसायीबीच छलफल सकियो, के भयो निर्णय ?
FACEBOOK COMMENTS