काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले भैरहवा अवस्थित सिद्धार्थनगर सिटी हस्पिटलसंग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छुट दिन व्यवसायिक सम्झौता गरेको छ । पुष १ गते भएको उक्त समझौता २ वर्षका लागि भएको हो ।
सम्झौतापत्रमा क्यापिटलको तर्फबाट संचालन प्रमुख बसन्ता उपाध्याय तथा सिद्घार्थगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु क्यापिटलका डिम्याट ग्राहकले लुम्बिनी रोड भैरहवाको सिद्घार्थगर सिटी हस्पिटलबाट चिकित्सा सेवा लिदाँ हस्पिटलले दिदैं आएको विभिन्न सेवाहरुमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
ग्राहकले आफ्नो डिम्याट पुष्टिकरण तथा परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्ड मार्फत सो अफरको लाभ लिन सक्नेछन् । प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध छ ।
FACEBOOK COMMENTS