काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र एयसजी आई केयर हेल्थ सर्भिस प्रा.ली लिमिटेड बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौता संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।
उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत Surgery Procedures, Minor Investigation (Staff Only), Opticals मा १० प्रतिशत सम्म सम्मको विशेष छुटको लाभ लिन सक्नेछन् ।
साथै पहिलो पटक रजिष्ट्रेशन तथा ओपिडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिन भित्रको फलो अप समेत निशुल्क हुनेछ ।
FACEBOOK COMMENTS