काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडबीच सम्झौता भएको छ ।
आज एक समारोहबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा युनाइटेड मेवा खोलाका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्रीको लागि प्रबन्धकको कार्य गर्नेछ ।
युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना ‘मेवा खोला जलविद्युत आयोजना’ ताप्लेजुङ्ग जिल्लामा अवस्थित रहेको छ । सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।
FACEBOOK COMMENTS