काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले क्यानडाको अग्रणी शैक्षिक संस्था सेनेका कलेजसँग सहकार्यको सम्झौता गरेको छ ।
ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीले आफ्नो दायरालाई अझै बृहत बनाउने क्रममा अन्तर्राष्ट्रिय शैक्षिक संस्था सेनेकासँग सहकार्य गरेको
हो । सोमबार सेनेका कलेजमा भएको ऐतिहासिक कार्यक्रमबीच टीबीसीका सीईओ राजन कँडेल र सेनेकाका अध्यक्ष डेभिड एग्नेउलेसहकार्यलाई औपचारिक रुप दिएका हुन् ।
सहकार्यसँगै टीबीसीका विद्यार्थीहरुले विश्वव्यापी शैक्षिक अनुभवको अवसर प्राप्त गर्नेछन् । यो साझेदारीसँगै टीबीसीको विद्यार्थीहरुको लागि यो एउटा सुवर्ण मौका बनेको छ, जसअन्तर्गत विद्यार्थीहरुले दोस्रो वर्षदेखि सेनेकामा क्रेडिट ट्रान्सफर’कोसुविधा प्राप्त गर्नेछन् ।
औपचारिक रुपमा सहकार्यको सम्झौता भएपछि उत्साह प्रकट गर्दै ब्रिटिस कलेजका सीईओ कँडेलले भने, विद्यार्थीहरुलाई विश्वस्तरिय शिक्षा र विश्वव्यापी अवसरहरु प्रदान गर्ने हाम्रो प्रतिबद्धतासँग यो सहकार्य पूर्ण रुपमा मेल खाएकोछ । उत्कृष्टता र नवीनताकोलागि सेनेका प्रतिष्ठित शैक्षिक संस्था भएकोले टीबीसीकोलागि योएउटा ऐतिहासिक साझेदारी हो ।’
सेनेका कलेज विविध र समावेशी सिकाईवातावरणकोलागि विश्वभरी प्रख्यात छ । अन्र्तराष्ट्रिय सम्बन्धहरुलाई विस्तार गर्न र टीबीसीका विद्यार्थीहरुलाई विश्वव्यापी सफलताकोमार्ग प्रशस्त गर्नको लागि सहकार्य महत्वपूर्ण छ ।
यस्तै, सम्झौताले विद्यार्थीहरुलाई क्यानडाको जीवन्त संस्कृति र विश्वस्तरिय शिक्षा प्रणालीकोलागि एक्पोजर प्रदान गर्नुकोसाथैदुई संस्थाहरुबीचको सम्बन्धलाई बलियो बनाउने र सांस्कृतिक आदान–प्रदानसँगै अनुसन्धान तथा विकासलाई समेत बढावा दिन कलेजको विश्वास रहेको छ ।
FACEBOOK COMMENTS