काठमाडौं । आर्क्स ग्रुपको २०२६ एजेन्ट मिट शुक्रबार काठमाडौंस्थित र्याडिसन होटलमा सम्पन्न भएको छ ।
कार्यक्रममा देशभरबाट काठमाडौं आएका २०० भन्दा बढी डिलरलाई उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान गरिएको थियो। उत्कृष्ट काम गर्ने डिलरलाई सम्मान गर्दा उनीहरूको मनोबल बढ्नुका साथै अन्य डिलरलाई पनि थप राम्रो काम गर्न प्रेरणा मिल्ने कम्पनीको विश्वास छ ।
आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजुल श्रेष्ठले ग्राहक नै कम्पनीको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए । कम्पनीका उत्पादन तथा सेवा ग्राहकसम्म पुर्याउने महत्वपूर्ण माध्यम डिलरहरू भएकाले उनीहरूको योगदानलाई उच्च सम्मान गर्नुपर्ने उनले बताए ।
“हाम्रो सम्पत्ति भनेको ग्राहक हुनुहुन्छ। हामीलाई ग्राहकसम्म पुर्याउने काम हाम्रा डिलरहरूले गर्नुहुन्छ । त्यसैले उत्कृष्ट काम गर्ने डिलरलाई सम्मान गर्दा उहाँहरूको मनोबल बढ्छ र अरू डिलरलाई पनि थप राम्रो काम गर्न प्रेरणा मिल्छ,” सीईओ श्रेष्ठले भने ।
ग्राहकको विश्वासलाई केन्द्रमा राख्दै गुणस्तरीय सेवा, नवप्रवर्तन र व्यावसायिक उत्कृष्टतालाई प्राथमिकता दिँदै अघि बढिरहेको कम्पनीले जनाएको छ। आर्क्स ग्रुपले समान अवसर, समुदाय सहयोग तथा व्यावसायिक उत्कृष्टतालाई आफ्नो प्रमुख मूल्यका रूपमा अघि सारेको छ।


कम्पनीका अनुसार आर्क्स ग्रुपसँग ५० लाखभन्दा बढी ग्राहक, ४८ वर्षभन्दा लामो सञ्चालन अनुभव, १०० भन्दा बढी ब्रान्ड तथा २० भन्दा बढी ग्लोबल ट्रेड पार्टनर रहेका छन्।
कम्पनीले आगामी दिनमा आफ्ना डिलर तथा व्यावसायिक साझेदारसँगको सहकार्यलाई थप मजबुत बनाउँदै ग्राहक सेवा र व्यवसाय विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।
कार्यक्रममा देशभर रहेका कम्पनीका डिलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो।