काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । भारतको मुम्बई स्थित होटल ताज ल्यांड्स इंड्समा आयोजित चौथो आइसीसी इमार्जिंग एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड २०२३ समारोहमा ‘आउटस्ट्याण्डिङ परफर्मेन्स इन द लाइफ इन्स्योरेन्स इन्डष्ट्रि अफ नेपाल’बाट सम्मानित गरिएको हो ।
कम्पनीद्वारा गरिएको दाबी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बीमा शुल्क आर्जन र कम्पनीद्वारा प्रशिक्षणमा गरिएको लगानी जस्ता मापदण्डहरुलाई मुल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो । इन्डियन च्याम्बर अफ कमर्सले आयोजना गरेको उक्त अन्तराष्ट्रिय सम्मान कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले ग्रहण गरेका हुन् ।
उनले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको सुखद अवसरमा सफलताको श्रेय संचालक समितिका अध्यक्ष तथा सदस्यहरु, सम्पूर्ण कर्मचारीवर्ग, अभिकर्तावर्ग, नियामक निकाय, शेयरधनि महानुभावहरु तथा नेपाल लाइफसँग आवद्ध समस्त सेवाग्राहीहरुलाई प्रदान गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा हार्दिक आभार प्रकट गरेका छन् । उनले यसरी नै सामुहिक सहकार्य गर्दै जीवन बीमाको महत्व तथा यसको उपयोगिताको बारेमा अझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै बीमाको लागि प्रोत्साहन गराउने कार्यमा नेपाल लाइफलाई अगाडि बढ्न सदैव हौसला मिल्ने अपेक्षा रहेको बताए ।
FACEBOOK COMMENTS