नुवाकोट । गोविन्द वियोगी पत्रकारिता पुरस्कार, २०८० बाट वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेसहित चार जना सम्मानित भएका छन् ।
सम्पादक समाज नेपालले आयोजना गरेको वियोगी पत्रकारिता पुरस्कार एवम् सम्मान समारोहमा ‘योहो’ टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारी, ‘त्रिशूली प्रवाह’ साप्ताहिकका सम्पादक शरण उत्सुक सापकोटा, वरिष्ठ पत्रकार एवम् राष्ट्रिय समाचार समिति (रासस) का पूर्वध्यक्ष कुलचन्द्र वाग्ले र पत्रकार मन्टेश्वरी राजभण्डारी सम्मानित गरिएको हो ।

गोविन्द वियोगी पत्रकारिता पुरस्कारबाट भण्डारीलाई रू. २५ हजार नगद राशिसहित सम्मान गरिएको हो । यस्तै गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कारबाट सम्मानित सापकोटालाई रू. १५ हजार नगद राशिसहित सम्मानित गरेको हो । राससका पूर्वअध्यक्ष वाग्ले र पत्रकार राजभण्डारीलाई पत्रकारिता क्षेत्रको प्रवर्द्धनका लागि उल्लेखनीय योगदान पुर्याएको भन्दै समाजले सम्मान गरेको हो । समाजअन्तर्गत गोविन्द वियोगी स्मृति कोषले पुरस्कार स्थापना गरेको हो ।
पुरस्कार अर्थमन्त्री डा प्रकाशशरण महतले प्रदान गरेका थिए ।

देशको आर्थिक अवस्थाले पत्रकारिता समस्यामा परेको होइन: अर्थमन्त्री डा. महत

देशको आर्थिक अवस्थाले पत्रकारिता समस्यामा परेको होइन: अर्थमन्त्री डा. महत
FACEBOOK COMMENTS