काठमाडौं , जनसवाल राष्ट्रिय दैनिक भाद्र ५ गतेबाट १८ औं वर्षमा प्रवेश गरेको छ । १८ औं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार जनसवाल राष्ट्रिय दैनिकको केन्द्रिय कार्यालय दरवारमार्गमा सत्रौ बार्षिकोत्सव विशेष कार्यक्रमको आयोजना गरि केक काटेर बार्षिकोत्सव कार्यक्रम मनाइएको थियो ।
नेपालमा गणतन्त्र स्थापनासँगै प्रारम्भ भएको जनसवाल राष्ट्रिय दैनिकले विभिन्न आरोह–अवरोहसँगै प्रकाशनको सत्र वर्षको यात्रा पूरा गरेको छ । राजनीतिक, आर्थिक, सामाजिकसँगै गैरआवासीय नेपाली र वैदेशिक रोजगारका विषयलाई केन्द्रविन्दुमा राखेर जनसवाल राष्ट्रिय दैनिक प्रकाशन हुँदै आएको छ ।
सयमक्रमसँगै पाठकहरुका चाहना, अपेक्षा र आवश्यकताहरुलाई सम्बोधन गर्दै पत्रकारिताको माध्यमबाट निर्वाह गर्नुपर्ने दायित्वमा अग्रसर हुँदै आएको जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेले बताए ।
‘पाठकलाई जस्तोसुकै अवस्थामा पनि सूचना प्रवाह गर्ने हाम्रो दायित्वलाई हामीले हाम्रा लाखौं पाठक, विज्ञापनदाता, सहकर्मी, कर्मचारी तथा शुभचिन्तकसँग हातेमालो गर्दै अहिले पनि निरन्तररुपमा अगाडि बढिरहेका छौं उनले भने । हाम्रो यो सुनौलो यात्राको साक्षीको रुपमा हामीलाई सदैव साथ दिनुहुने सम्पूर्ण नेपाली तथा गैर आवासीय नेपालीमा सत्रौ वार्षिकोत्सवको यो खुशीको क्षणलाई बाँडदै हाम्रो यात्रा थप प्रभावकारी, पूर्ण र निरन्तरता बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं । हाम्रो यात्रामा सधैंझैं भविष्यमा पनि यहाँहरुको साथ, सहयोग र सहकार्यको अपेक्षा राख्दछौं’,सम्पादक बगालेले बताए ।
जनसवाल पब्लिकेसनबाट जनसवाल रास्ट्रिय दैनिकसँगै जनदबाब साप्ताहिक, जनसवाल टेलिभिजन तथा जनसवाल डटकम सञ्चालन हुँदै आएका छन । यसैक्रममा वार्षिकोत्सवकै अवसर पारेर केही समयमै जनसवाल टेलिभिजनलाई परिमार्जित रुपमा सञ्चालन गर्ने पब्लिकेशनका अध्यक्ष बगालेले जानकारी दिए ।
बगालेले जनसवाल राष्ट्रिय दैनिकलाई आजको दिनसम्म ल्याउन आ–आफ्नो क्षेत्रवाट अतुलनीय सहयोग गर्नुहुने समस्त पाठकवर्ग, गैरआवासीय नेपालीहरु, उधोगी एवं व्यवसायीहरु, बैदेशिक रोजगार व्यवसायीहरु, पत्रकार साथीहरु, सहकर्मी साथीहरु, नेपाल सरकारका सरोकारवाला निकायहरु, नेपालका राजनितिक दलहरुप्रति हार्दिक आभार र नमन ब्यक्त गरे ।
कार्यक्रममा विभिन्न संचारमाध्यमका पत्रकार, विभिन्न देशबाट आएका गैरआवासीय नेपालीहरु, बिभिन्न ब्यावसायिक घरानाका प्रतिनिधिहरु, जनसवाल राष्ट्रिय दैनिकका पत्रकारहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा उपस्थित सबैले जनसवाल राष्ट्रिय दैनिकको बार्षिकोत्सवका अवसरमा शुभकामना ब्यक्त गरेका थिए । उनिहरूले प्रिण्ट मिडियाका समस्याका बारेमा जानकारी गराउँदै जनसवाल राष्ट्रिय दैनिकले अझै बर्षौ बार्षिकोत्सव मनाइरहन सफल होस भन्दै शुभकामना ब्यक्त गरे ।
जनसवाल राष्ट्रिय दैनिकको बार्षिकोत्सब कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसिसि उपाध्यक्ष आरके शर्मा, पुर्व उपाध्यक्ष टिबि कार्की, प्रेस काउन्सिलका सदस्य बरिस्ठ पत्रकार दिपक पान्डे, नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष खिला बहादुर भण्डारी, लेखा संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, काठमाडौँ शाखाका अध्यक्ष सुर्य सुवेदी, रसुवाको आमाछोदिङ गाऊपालिकाका अध्यक्ष बुचुङ तामाङ, नेपाल बैदेशिक रोजगार ब्यावसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, वरिष्ठ लोक गायक बिष्णु खत्री, बैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष ऊद्दव भट्टराई, बुद्दिजीवी तथा परोपकार समाज मलेसियाका अध्यक्ष शंकर आचार्य,रास्ट्रिय समाचार समितीका कृष्ण अधिकारी,न्युज कारखानाका संचालक प्रकाश तिमल्सिना, ब्यावसायिहरु सन्तोष कोइराला, बिकास गुरुङ, विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा जनसवालका कर्मचारीहरु उपस्थित रहेका थिए ।
उक्त कार्यक्रममा गैर आवासीय नेपालीका तर्फबाट एनआरएनए आईसिसि उपाध्यक्ष आरके शर्माले जनसवाल प्रवासमा रहेका लाखौं नेपालीहरुको संचार र दुख सुखको साथी भएकाले अझै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गरे ।
उनले जनसवाल प्रवासमा बसेका नेपालीहरुको मन मुटुमा बस्न सफल रहेको जनाउदै एनआरएनएले जनसवालसँग आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढने बताए । प्रेस काउन्सिलका सदस्य बरिष्ठ पत्रकार दिपक पाण्डे , नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष खिला बहादुर भण्डारी, नेपाल बैदेशिक रोजगार ब्यावसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, बरिस्ठ लोक गायक बिष्णु खत्रीलगायतले शुभकामना ब्यक्त गरेका थिए ।
उनिहरुले जनसवाल राष्ट्रिय दैनिकको बार्षिकोत्सवका अवसरमा शुभकामना ब्यक्त गरेका थिए । उनिहरूले प्रिण्ट मिडियाका समस्याका बारेमा जानकारी गराउँदै जनसवाल राष्ट्रिय दैनिकले अझै बर्षौ बार्षिकोत्सव मनाइरहन सफल रहोस भन्दै शुभकामना ब्यक्त गरे । वार्षिकोत्सव कार्यक्रममा शुभकामना दिदै उपस्थित अतिथीहरुले जनसवालले नेपालका अन्य संचारमाध्यमले भन्दा छुट्टै बिट समाई बिश्वमा रहेका नेपाली र नेपालबिच पुलको काम गरेको बताए ।
जनसवाल रास्ट्रिय दैनिकको सत्रौ वार्षिकोत्सवको अवसरमा
प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड, नेपाली काँगेसका सभापति शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,उपप्रधानमन्त्री एबं गृहमन्त्री नारायणकाजी श्रेष्ठ,एनआरएनएका अध्यक्षहरु कुल आचार्य,रविना थापा,बद्री केसी,नेपाल पत्रकार माहासंघका अध्यक्ष बिपुल पोखरेललगायतले शुभकामना सन्देश पठाएर जनसवालको प्रगतीको शुभकामना ब्यक्त गरेका छन ।
प्रधानमन्त्री प्रचण्डले जनसवाल राष्ट्रिय दैनिकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा पत्रिकाका कार्यरत पत्रकार लगानीकर्ता, कर्मचारी र पाठकहरूमा शुभकामना व्यक्त गरेका छन । नेपालको पत्रकारिता क्षेत्रले लोकतान्त्रिक आन्दोलन सफल पार्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउदै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र सञ्चारमाध्यम एकअर्काका परिपूरक भएर मात्र लोकतान्त्रिक मूल्य, पारदर्शिता, विधिको शासन र नागरिक अधिकारको सही ढंगले कार्यान्वयन गर्न सम्भव भएको आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन ।
प्रधानमन्त्री प्रचण्डले जनसवालजस्तो संचार माध्यमले विगतमा खेलेको भूमिका जति महत्वपूर्ण र ऐतिहासिक छ भविष्यका निम्ति त्यति नै रचनात्मक हुने आफूले विश्वास लिएको जनाएका छन । लामो समयसम्म राजनीतिक संघर्षको अवस्थाबाट गुज्रिदै नयाँ संविधानको निर्माण हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनसम्म आइपुग्दा राजनीतिक संक्रमण सकिएर मुलुक सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।
उनले वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न भ्रष्टाचार निर्मूल पारी मुलुकमा सुशासन स्थापित गर्न अर्थतन्त्रमा सुधार ल्याई समृद्धिको यात्रामा गुणात्मक प्रगति हासिल गर्न निरन्तर क्रियाशील रहिआएको जनाएका छन । सरकारको संकल्प र प्राथमिकतामा जनसवालजस्ता सञ्चारमाध्यमहरूको निरन्तर साथ र ऐक्यबद्धता रहने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको र प्रेस स्वतन्त्रतालाई संविधानले सुनिश्चता गरेको अवस्थामा सञ्चार जगतलाई बलियो बनाएर जनताको सूचनाको अधिकारलाई सरकारले उच्च प्राथमिकतामा राख्ने उल्लेख गरेका छन ।
जनसवाल दैनिकले निष्पक्ष पत्रकारिता र पाठकको रूचिअनुरूप उत्तरदायी पत्रकारिता आत्मसाथ गर्ने संकल्पमा अपेक्षित सफलता हासिल गर्ने विश्वासका साथ प्रधानमन्त्री प्रचण्डले जनसवाल रास्ट्रिय दैनिकको अझै सफलताको शुभकामना व्यक्त गरेका छन ।
FACEBOOK COMMENTS