काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ दिने “इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप” चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसाय संग सम्वन्धित विभिन्न वर्तमान पाटो बारे विवेचनागरी आगामी बर्षको लागि तय भएको व्यवसायिक लक्ष्य र रणनीतिसंग प्रशिक्षित गराउने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको हो ।
विभागिय प्रमुख तथा देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २ सय जना भन्दा बढिको सहभागिता भएको उक्त तालिम कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको वर्तमान स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासील गरी बीमा बजारमा अग्र स्थानमा पुर्याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भुमिका प्रशासनिक कर्मचारीहरुको पनि हुने भएकोले सबैले आ– आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नु पर्ने बताए ।
साथै दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिवद्धत्ता जनाए ।
यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सुदुरपश्चिम प्रदेश प्रमुख हृदयश्वर पण्डितले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्न सकिने तर्फ सचेत रहन आग्रह गरे ।

यस्तै देशै भरीबाट उत्कृष्ट कार्य सम्पादन गर्ने ५ जना प्रशासनिक कर्मचारीहरु महेन्द्रनगर शाखाका ओम प्रकाश पाण्डे, तुल्सीपुर शाखाकी मिना चौधरी, कलंकी शाखाका रोशन शाक्य, इटहरी शाखाकी बन्दिता ढकाल र केन्द्रीय कार्यालयका नवराज थापा मगरलाई पनि सम्मान गरिएको कम्पनीले जनाएको छ ।
