काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाह विवाह बन्धनमा बाँधिने भएकी छन् । मंगलबार आफ्नो जन्मदिन मनाइरहेकी उनले सोमबार प्रेमीसँग इन्गेजमेन्ट गरेकी हुन् । सामाजिक सञ्जालमा इन्गेजमेन्टका तस्वीरहरू सार्बजनिक गर्दै उनले नयाँ जीवनको सुरुवात गर्न लागेको जानकारी दिएकी हुन् । उनले प्रेमीको नाम भने खुलाएकी छैनन् ।
प्रेमीको प्रशंसा गर्दै उनले लेखेकी छन्, ‘जसका लागि मैले प्रार्थना गरेकी थिएँ । मेरो भाषा बोल्न सक्ने शान्त आत्मा, म तपाईंप्रति यति आभारी छु कि त्यो शब्दहरूभन्दा बाहिर छ । जब तिम्रा आँखा मेरा आँखामा पर्छन्, त्यहाँ एउटा विशेष जादू हुन्छ, एक मौन कुराकानी जसले धेरै कुरा बोल्छ । मेरो हात यति बलियोसँग समातेकोमा धन्यवाद, यो छुट्ने छैन ।’ साम्राज्ञीले सर्वजनिक गरेका तस्वीरमा उनका प्रेमीको अनुहारको आधा भाग मात्र देखिन्छ ।
मंगलबारबाट ३० वर्षमा प्रवेश गरेकी साम्राज्ञीले फिल्म ड्रिम्सबाट अभिनयमा क्यारियरको शुरुवात गरेकी थिइन् । यसपछि उनले ए मेरो हजुर( २, इन्टु मिन्टु लण्डनमा, तिमीसँग, मारुनी, ह्यारी कि प्यारी जस्ता फिल्ममा काम गरेकी छन् ।
FACEBOOK COMMENTS