काठमाडाैं । समृद्धि फाइनान्सले जनकपुरमा शाखा विस्तार गरेको छ । कम्पनीको आठौं शाखा जनकपुर कार्यालयको उद्घाटन आज एक औपचारीक कार्यक्रम गरी उद्घाटन गरिएको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्रि माननीय राम सरोज यादव ज्यु ले आज मिति २०७९ असोज ५ गते जनकपुर शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा जनकपुर उपमहानगरपालिका का मेयर मनोज कुमार साह, उप मेयर किशोरी साह, जनकपुर उ.वा. संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, नेपाल राष्ट्र बैंकका संचालक श्रीमती नीरा ताल्चाभडेल सहित प्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।
साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए । प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराउनुभएको थियो ।
आज बाट समृद्धि फाईनान्सको ८ वटै शाखा कार्यालयहरु बाट औपचारीक रुपमा कारोबार संचालन भएको जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबद्र्यन अधिकृत सुरज कुमार सर्राफले बताए ।
समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।
FACEBOOK COMMENTS