काठमाडौँ । समृद्धि फाइनान्सले साविकमा ग्राहकहरुलाई प्रदान गर्दै आएको मोबाइल बैंकिङ्ग सेवालाई एफ वान सफ्ट इन्टरनेशनल प्रालिको बैंकस्मार्ट मोबाइल बैंकिङ्ग परिवर्तन गरेको छ ।
अब फाइनान्सका ग्राहकहरुले मोबाइल बैंकिङ्गबाट एनसिएचएलको नेपाल पे क्युआर मर्चेन्टका साथै फोन ‘पे’को क्युआर मर्चेन्टहरुमा पनि भुक्तानी गर्न सक्नेछन् । फाइनान्सले ग्राहकहरुलाई फोन ‘पे’को क्यु आर मर्चेन्ट बनाउन पनि सक्ने भएको छ ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठवटा शाखाहरुमार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । फाइनान्सले आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोबाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्नि प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS