काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लि जनकपुर शाखा कार्यालयले आफ्नो दोश्रो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा शाखाका शाखा प्रबन्धक अमर कुमार चौधरीले उपस्थित महानुभावलाई समृद्धि फाइनान्समा गरेको विश्वास र साथको लागि धन्यवाद दिनुका साथै आगामी दिनहरुमा पनि फाइनान्सले उच्च साथ / सहयोगको अपेक्षा राखेको बताए ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले स्थानीय व्यापारीहरु, वचतकर्ताहरु,बुद्विजिवि आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ–आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।
समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS