काठमाडौं । समृद्धि फाइनान्सले नयाँ सञ्चालक नियुक्त गरेको छ । फाइनान्सको माघ १९गतेको सञ्चालक समितिको निर्णय बमोजिम संस्थापक शेयरधनी पद्मोदय प्राइभेट लिमिटेडको तर्फबाट दिनेशकुमार बर्तौलालाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
पद्मोदय प्राइभेट लिमिटडलेप्रति निधि संचालक रामकुमार बर्तौलाको स्थानमा दिनेश कुमार बर्तौलालाई मनोनित गरेको फाइनान्सले जनाएको छ । एक कार्यक्रमकाबीच सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराइले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।
FACEBOOK COMMENTS