काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत व्यवसायी सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरू तथा अन्य बचतकर्ताहरूले फाइनान्सबाट लाभांशसित हुन सक्ने सेवा सुविधाहरू तथा वित्तीय परामर्शको बारेमा विस्तृत अन्तरक्रिया गरिएको थियो ।
उक्त कार्यक्रममा फाइनान्सबाट उपलब्ध गराएको सुविधाहरूको पूर्ण सदुपयोग गर्ने सम्बन्धी अन्तरक्रिया गर्दै व्यवसायीहरूसँग अझ प्रगाढ सम्बन्ध बनाउन फाइनान्सले गर्नुपर्ने कार्यहरूलाई मुख्य विषय बनाएको थियो ।
३५ जना स्थानीय व्यवसायी तथा बचतकर्ताहरूको सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रममा साधारण, चल्ती तथा मुद्दती खाता, कर्जा विवरण तथा विद्युतीय बैङ्किङ सुविधाको विषयमा जानकारी लिनुका साथै पछिल्लो समयमा वित्तीय सेवामा आएका चुनौती, समस्या र समाधानका विषयमा छलफल भएको छ ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखाहरू मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैङ्किङ र मोबाइल बैङ्किङ , डेबिट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरू समेत प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS