काठमाडौं । समृद्धि फाइनान्सले मंसिर २९ गते जनकपुरमा न्यानो लुगा वितरण गरेको छ ।
फाइनान्सले जनकपुर वडा न. ८ मा रहेको जानकी बृद्धा आश्रममा बृद्धबृद्धालाई कम्बल वितरण गर्र्नेे कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रम अन्तरगत २० जना बृद्धबृद्धालाइ यस संस्थाका जनकपुर शाखा प्रमुख अमर चौधरी र जानकी बृद्धा आश्रमका कोषाध्यक्ष ललित बजाजज्युको उपस्तिथिमा कम्बल वितरण गरिएको यस संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत श्री सुरज कुमार सर्राफले जानकारी गराएका छन ।
फाइनान्सले मंसिर २८ गते पनि बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक बिधालयका २६ जना बिधार्थीहरुलाई न्यानो लुगा वितरण गरेको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।
FACEBOOK COMMENTS