काठमाडौं । सरकारको आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी गरेको छ ।
आईतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी भएको बताए ।
संविधानको धारा ९५ मा संघीय संसद्का दुवै सदनमा सम्बोधन गरी राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्नुपर्ने हुन्छ । सोही नियम अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा कार्यक्रम सम्बोधनको तयारी गरेका छन् ।
FACEBOOK COMMENTS