काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले चालु आर्थिक वर्षमा सरकारले लिएको कर नीतिका कारण गरिबहरु झन् गरिबीमा जाने बताएकी छन् ।
आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमाथि प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले आलु र प्याजजस्ता दैनिक उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर ९भ्याट० लिने सरकारको नीतिले गरिबलाई झन् गरिब बनाउने बताइन् ।
आवरणमा किसान संरक्षणको कुरा गरेर सरकारले किसानलाई नै गरिब बनाउने कर नीति लागू गरेको उनले बताइन् । ‘दूध बेच्ने किसानले पनि तरकारी किनेर खानुपर्छ’ उनले भनिन्, ‘त्यसैले यो निर्णयले सरासर मार कसैलाई पर्छ भने किसानलाई नै हो ।’
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालमा गरिबहरुले खानामा आफ्नो आम्दानीको ६५ प्रतिशत खर्च गर्नुपर्ने र धनीले ३५ प्रतिशत मात्र खर्च गर्नुपर्ने देखाएको भन्दै सांसद श्रेष्ठले सोधिन्, ‘खानेकुरामा कर लगाएपछि कसलाई बढी कर भयो रु’
सरकारको यो निर्णयले बजेट पास भएपछि आलु, प्याजजस्ता तरकारी १३ प्रतिशतले महंगो हुने भएकाले यो लागू हुन नदिने सांसद श्रेष्ठले बताइन् । अर्थमन्त्रीले आफूले लक्ष्य राखेकोजति राजस्व उठाउन जे पनि गरेको भन्दै उनले अर्को वर्षदेखि सासमा पनि कर लिन सक्ने भन्दै आक्रोश पोखिन् ।
‘अब त तपाईले अर्को वर्ष सासमा पनि कर लाउनुहुन्छ । हरेक सासको कति मोल लिनुहुन्छ रु’ उनले प्रश्न गरिन् । दलहरुले राजनीतिक मुद्दा उठाएर पटक पटक संसद अवरोध गरेको भन्दै सांसद श्रेष्ठले अब आफूहरु नागरिकको मुद्दा उठाएर संसद अवरोध गर्ने बताइन् ।
‘यो सदन पटक पटक राजनीतिक हिसाबले रोकिएको छ । जनताको लागि अब हामी रोक्छौं । गरिबहरुलाई बढी कर लगाउने, यो स्वीकार्य छैन’ उनले भनिन् ।
FACEBOOK COMMENTS