काठमाडौं । जेठ १३ गतेदेखि जारी संसदको अवरोध खुलाउने प्रयास जारी रहेको छ ।
बुधबार बिहान विपक्षी दलहरुले साझा धारणा बनाउन भन्दै छलफल शुरु गरेका छन् । संसद् भवन नयाँ बानेश्वरमा अहिले विपक्षी दलहरुको बैठक बसिरहेको छ ।
बैठकमा रास्वपाले भिजिट भिसा बारे अगाडी सारेको पाँच बुँदे प्रस्तावमा छलफल हुने बताइएको छ ।
रास्वपाले सोमबार भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी सरकारले पूर्ण सहयोग र सहजीकरण गर्ने, अख्तियारको क्षेत्रमाथि अतिक्रमण नगरेर भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न पाँच दिन भित्र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, समितिको कार्य क्षेत्र कार्यसम्पादन समिति गठन गर्ने, नैतिक हिसाबले गृहमन्त्री रमेश लेखकले राजीनामा दिने लगयतका प्रस्ताव अगाडी सारेको थियो ।
विपक्षी दलहरुको छलफलपछि सत्ता पक्षसँग संसदको अवरोध खुलाउने विषयमा वार्ता हुने बताइएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी यस अघिको अडानबाट पछि हटेपनि रास्वपा आफ्नो अडानमा कायम रहेकाले आजको संसद बैठक पनि सहज रुपमा सुचारु हुनेमा अन्योलता नै रहेको छ ।
FACEBOOK COMMENTS