काठमाडौं । प्रतिनिधिसभातर्फको संसदीय सुनुवाइ समिति गठन भएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डिपी अर्यालले प्रस्तुत गरेको संसदीय सुनुवाइ समिति गठनको प्रस्ताव स्वीकृत भएको हो ।
समिति सदस्यहरूमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भिष्मराज आङ्देबे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीव खत्री, डा. लेखजंग कार्की र वर्षमान पुन रहेका छन् ।
समितिको सभापतिको निर्वाचन भने वैशाख ४ मा हुनेछ ।
