काठमाडौं । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालले किरियापुत्री कै अवस्थामा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिएका छन् ।
‘संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ, ’ मतदानअघि प्रदेश सांसद बरालले पत्रकारहरुसित भने ।
उनी गत चुनावमा कास्की ३ ( ख) बाट निर्वाचित भएका थिए । उनको बुवा लोकराजको निधन भएको आठ दिन भएको छ ।
उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको बताएकी छन् ।
FACEBOOK COMMENTS