काठमाडौं । सामसङ नेपालले सामसङको ‘ग्यालेक्सी जेड फोल्ड–सेभेन’ र ‘जेड फ्लिप–सेभेन’को प्रि–बुकिङ खुला गरेको छ ।
ग्लोबल अनप्याक्डपश्चात अत्याधुनिक ‘ग्यालेक्सी जेड फोल्ड–सेभेन’ र ‘जेड फ्लिप–सेभेन’ अल्ट्रा–पातलो, हलुका र इन्ट्युटिभ इन्टेलिजेन्ससहितका नयाँ फोल्डेबल स्मार्टफोनको बुकिङ खुला गरेको छ ।
बुकिङ गर्न चाहानेका लागि सामसङले जम्मा आठ दिनको समय उपलब्ध गराएको छ । कम्पनीका अनुसार यही साउन २२ गतेदेखि साउन २९ गतेसम्म उक्त फोन प्रि–अर्डर गर्न सकिने छ ।
ग्यालेक्सी जेड फोल्ड–सेभेनले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामेरा कार्यक्षमता र एआई प्रविधिलाई एकसाथ ल्याएको छ । यो डिभाइसले अल्ट्रा–स्मार्टफोनको रूपमा प्रिमियम प्रदर्शन प्रदान गर्छ भने, खोल्ने बित्तिकै ठूलो र इमर्सिभ डिस्प्लेमार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर प्रदान गर्ने बताइएको छ ।
ग्यालेक्सी जेड फ्लिप–सेभेनचाहिँ स्मार्ट एआई फिचरहरूसहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक हो । यो स्मार्टफोन सानो भए पनि शक्तिशाली अनुभव दिन सक्षम छ । फ्ल्यागशिप क्यामेरा, एज–टु–एज फ्लेक्सविन्डो र आइकोनिक डिजाइनका साथ प्रयोगकर्ताको जीवनशैलीमा सहजता ल्याउने कम्पनीको भनाइ छ ।

सामसङ इलेक्ट्रोनिक्स नेपालका एम एक्स डिभिजन प्रमुख निर्देशक श्री प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी जेड फोल्ड–सेभेनले फोल्डेबल स्मार्टफोनको विकासलाई पुन: परिभाषित गरेको छ । ग्यालेक्सी एआई र अत्याधुनिक हार्डवेयरको संयोजनले प्रयोगकर्तालाई एकदमै सहज, स्मार्ट र पावरफुल फोल्डेबल अनुभव दिन्छ ।’

यसैगरी, ग्यालेक्सी जेड फ्लिप–सेभेनले परिष्कृत डिजाइन ल्याएको छ, जसमा अब झनै ठूलो र उपयोगी कभर स्क्रिन छ । अब यो स्क्रिनमा अझ धेरै विजेटहरू र एप्सहरूसँगको इन्टरेक्शन सम्भव छ । फोन खोल्नु नपरीकनै । दुईवटा क्यामेराको वरिपरि रहेको बेझेल मात्र १.२५ मिमी मोटाइको छ र ४.१ –इन्चको फ्लेक्सविन्डो ले पूरै सतह ओगटेको छ, जसले यो स्क्रिनलाई जेड फ्लिप सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो बनाएको छ ।

फोन फोल्ड गरिएको अवस्थामा पनि, प्रयोगकर्ताले फ्लेक्सविन्डो बाटै दैनिक कामहरू सजिलै गर्न सक्छन्, जसले पकेटबाट झिकेर सिधै प्रयोग गर्न मिल्ने फोल्डेबल अनुभवलाई नयाँ उचाइमा पुर्याउँछ । फ्लिप७ को मुख्य क्यामेरा अहिले झनै राम्रो स्टेबलाइजेसन र रङको सटीकता दिन्छ, भने थर्मल म्यानेजमेन्ट र सफ्टवेयर सुधारमार्फत ब्याट्री लाइफ पनि अझ लामो बनाइएको छ ।
प्रि–अर्डरका लागि दर्ता गरी पाँच हजार रुपैयाँको अग्रिम भुक्तानी गरेपछि ग्राहकहरूले ओटीपी वानटाइम पासवर्ड प्राप्त गर्नेछन्, जसको प्रयोग गरेर उनीहरूले स्टोरमा नयाँ फोल्डेबल फोन प्राप्त गर्दा आफ्नो खरिद प्रमाणित गर्न सक्नेछन् ।