काठमाडौं । सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ५४ स्मार्टफोन ५जी को साथ बजारमा लिएर आएको छ । कम्पनीको यो नयाँ हाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली छ जसमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्ध छ ।
कम्पनीका अनुसार ६.७ इन्च सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ यस फोनले उपभोक्ताहरुले सहज रूपमा हेर्न र स्क्रोल गर्न सक्छन् । ८ जीबी र् याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरीको साथ उपलब्ध छ ।
यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताहरूले एडभान्स क्यामेराको अनुभव पाउनेछन् । यो बाहेक पनि मुख्य क्यामेरामा भएको ओआइएस तथा भीडीआइएसले कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरु खिच्न दिन्छ ।
ग्यालेक्सी एफ५४ ले रातको समयमा पनि सफा स्पष्ट डिटेल भएको फोटोहरु दिन्छ । यसको अगाडि रहेको ३२ मेगा पिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाइ क्वालिटीको सेल्फी, भिडिओ, र भिडिओ कलहरू गर्न सकिन्छ ।
अक्टा–कोर एक्सिनोस १३८० चिपसेट जडित ग्यालेक्सी एफ ५४ निक्कै नै टिकाउ छ । उत्कृष्ट ६००० एमएएच ब्याट्री रहेको यस फोनले आफ्नो प्रयोगकर्तालाई पावर सकिने चिन्ता नगरी यसको प्रयोग गर्न पाउने अनुभव दिन्छ । २५वाटको सुपर–फास्ट चर्जिंगले ३० मिनेटको चार्जमा नै पुरा दिन मोबाइल चल्नेछ । यति मात्र हैन, ४ जेनेरेसन सम्म ओएस अपग्रेड र ५ वर्ष सम्मको ग्यारेन्टीड सुरक्षा अपडेट पनि पाइने कम्पनीले जानकारी दिएको छ ।
यसमा रहेको ‘भ्वाइस फोकस’ ले आसपासको आवाजहरुलाई कम गर्छ र भोइस वा भिडिओ कलको बेला आवाजलाई स्पष्ट बनाउँछ । यसको प्रयोगले प्रयोगकर्ताहरूलाई धेरै आवाज हुने ठाउँहरुमा पनि स्पष्टताका साथ कलहरू गर्न दिन्छ ।
ग्यालेक्सी एफ – ५४ २ आकर्षक रङहरूमा उपलब्ध छ, सिल्भर र निलो । यसको ८ /२५६ जीबी भेरियन्ट ५ हजार ४९९ को मूल्यमा बजारमा उपलब्ध छ । यो मोडल देशभरका सबै शोरुमहरुमा बिक्रीका लागि उपलब्ध गराएको छ ।
FACEBOOK COMMENTS