सियोल । दक्षिण कोरियाको प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले गत वर्षको आम्दानीमा दोहोरो अङ्कको गिरावट बेहोरेको छ । स्थानीय रूपमा निर्मित ब्राण्डहरूको कमजोर विश्वव्यापी मागले चिप्सबाट हुने आम्दानी घट्दा घाटा निम्त्याएको कम्पनीले बुधबार जनाएको छ ।
सन् २०२३ मा सामसुङको परिचालन मुनाफा ८४ दशमलव ९ प्रतिशतले घटेर ६ दशमलव ५७ ट्रिलियन पुगेको छ । पछिल्लो समयमा विश्वव्यापी वित्तीय सङ्कटले विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ । राजस्व १४ दशमलव ३ प्रतिशतले घटेर २५८ दशमलव ९४ ट्रिलियन ओन तथा शुद्ध आय ७२ दशमलव २ प्रतिशतले घटेर १५ दशमलव ४९ ट्रिलियन ओन पुगेको छ ।
अक्टोबर–डिसेम्बरको तीन महिनामा मात्रै परिचालन मुनाफा ३४ दशमलव ४ प्रतिशतले घटेर २ दशमलव ८२ ट्रिलियन ओन पुगेको छ । चौथो त्रैमासिकमा राजस्व ३ दशमलव ८ प्रतिशतले घटेर ६७ दशमलव ७८ ट्रिलियन ओन र शुद्ध आय ७३ दशमलव ४ प्रतिशतले घटेर ६ दशमलव ३४ ट्रिलियन ओन पुगेको छ । सामसुङको चिप बनाउने व्यवसायले चौथो क्वाटरमा २१ दशमलव ६९ ट्रिलियन ओनको राजस्वमा परिचालन घाटा २ दशमलव १८ ट्रिलियन ओन रेकर्ड गरेको छ ।
चौथो क्वाटरको मेमोरी चिप्स व्यवसायले अघिल्लो त्रौमसिकको तुलनामा मोबाइल उपकरण र चिप्सको बलियो मागसँगै उत्पादन गर्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा विस्तारित लगानीका कारण सर्भरको मागमा सुधार देखाएको कम्पनीले जनाएको छ । एलएसआईले चौथो त्रैमासिकमा आविस्कारसम्बन्धी आम्दानीमा सुधार देखाएको छ । तर विश्वव्यापी आर्थिक सुधारमा ढिलाइका कारण धातुजन्य समानको आम्दानीमा गिरावट आएको छ ।
सामसुङको डिस्प्ले प्यानल युनिटले अक्टोबर–डिसेम्बरमा ९ दशमलव ६६ ट्रिलियन ओनको राजस्वमा २ दशमलव ०१ ट्रिलियन ओनको परिचालन मुनाफा भएको बताएको छ । मोबाइल डिस्प्ले व्यवसायले अघिल्लो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकमा राम्रो प्रदर्शन देखाएको छ । स्मार्ट फोनको माग अलि बढी थियो, ठूलो प्यानल व्यवसायले वर्षको अन्त्यसम्ममा मौसमी टिभीको मागका कारण घाटामा केही कम भएको छ ।
सामसुङको मोबाइल र नेटवर्क डिभिजनले २५ दशमलव ०४ ट्रिलियन ओनको राजस्वमा २ दशमलव ७३ ट्रिलियन ओनको परिचालन मुनाफा दर्ता गरेको छ । कम्पनीले ग्यालेक्सी एस २४ श्रृंखलामा ग्यालेक्सी एआईलाई एकीकृत गरेर एआई स्मार्टफोन बजारको नेतृत्व गर्ने लक्ष्य राखेको बताएको छ । सामसुङको टिभी र डिजिटल उपकरण युनिटले त्रैमासिकमा १४ दशमलव २६ ट्रिलियन ओनको राजस्वमा ५० बिलियन ओनको परिचालन घाटा दर्ता गरेको छ ।
प्रमुख बजारहरूमा उपभोक्ताको भावना बिग्रिएको कारण समग्र टिभीको माग वार्षिक आधारमा कमजोर भएको छ । तीव्र प्रतिस्पर्धाको बीचमा लागत बढेको सामसुङले उल्लेख गरेको छ । सन् २०२३ मा सामसुङको कूल पूँजीगत खर्च ५३ दशमलव १ ट्रिलियन ओन थियो जसमा ४८ दशमलव ४ ट्रिलियन ओन सेमिकन्डक्टर युनिटमा २ दशमलव ४ ट्रिलियन ओन डिस्प्ले प्यानल डिभिजनमा खर्च गरिएको थियो ।
FACEBOOK COMMENTS