काठमाडौं । सामसङ नेपालले टी–२० विश्वकप सिजनलाई अझ बढी रमाइलो बनाउनकालागि आफ्ना विभिन्न टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ।
यस योजना अन्तर्गत प्रिमियम टीभीका मोडेलहरूमा आकर्षक २१% सम्मको क्यासब्याक तथा रु ७,००० सम्मको एक्सचेन्ज बोनस उपलब्ध गराई ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अपग्रेड गर्न उत्तम अवसर प्रदान गरेको छ।
४प् एआई अपस्केलिंग क्वालिटी भएका ८५ इन्च सम्मका ठुलो स्क्रीन र अनुकूलनीय ध्वनि फिचरहरुका कारण सामसङ टिभीले हरेक खेललाई अझ स्पष्ट र रोमाञ्चक बनाउदै घरमै स्टेडियमजस्तो अनुभव दिन मद्दत गर्छ। साथै, सामसुङ नक्स सुरक्षा ले स्मार्ट कनेक्टिभिटीलाई सुरक्षित, भरपर्दो र संरक्षणसहित बनाउँछ।ह
यसका साथै, मनोरन्जनको अनुभवलाई अझ राम्रो बनाउन, सामसङले २०२१ देखि २०२५ सम्म उत्पादन भएका टिभीको खरिद गर्दा आफ्ना ग्राहकहरूलाई रु ३००० सम्मको नि:शुल्क नेटटिभी प्याकेज पनि प्रदान गर्दैछ।
मोडेल किन्दा १२ महिनाको नि:शुल्क नेटटिभी सब्स्क्रिप्सन पाइन्छ सामसङ टिभीमा मा नेटटिभी एप सक्रिय गर्न, ग्राहकहरूले निम्न सरल प्रक्रियाहरूको पालना गर्नुपर्नेछ ।

FACEBOOK COMMENTS