काठमाडौँ । स्मार्टफोन सामसङले ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजीको खरिदमा सीमित समयका लागि विशेष योजना सुरु गरेको छ।
योजनामा सहभागिताको लागि ग्राहकसँग नबिल बैंकको भिसा डेबिट कार्ड र क्रेडिट कार्ड हुनुपर्नेछ।
सामसङले नबिल बैंकसँग सम्झौता गरेको हो। उक्त कार्ड प्रयोगकर्ताहरुले ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्।
सामसङ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी नेपाली बजारमा गत मार्च २९ देखि उपलब्ध गराउन थालिएको हो।
दुवै ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजी २ वटा मेमोरी प्रकारहरुमा उपलब्ध छ, जसमध्ये ग्यालेक्सी ए५४ फाइभजीको ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज भएकोलाई ५६ हजार ९९९ रुपैयाँ पर्छ भने ८ जीबी र्याम र २५६ जिबि आन्तरिक स्टोरेज क्षमता भएकोको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ।
यस्तै ए३४ फाइभजीको ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज भएकोको मूल्य ४५ हजार ९९९ रुपैयाँ रहेको छ, जसमा माइक्रो एसडी कार्डको प्रयोगमार्फत १ टीबीसम्मको आन्तरिक मेमोरी बढाउन सक्ने सुविधा छ।
FACEBOOK COMMENTS