काठमाडौं । सामसङ नेपालले तिहारलाई लक्षित गरी आफ्नो बहुप्रतिक्षित क्याम्पेन ‘तिहारको मूड, सबै गुड!’ घोषणा गरेको छ।
यो अफरमार्फत ग्राहकहरूले सामसङका उत्पादनहरूमा आकर्षक छुटका साथै साप्ताहिक र बम्पर पुरस्कारहरू जित्ने रोमाञ्चक अवसर प्राप्त गर्नेछन्।
यो अफर असोज २६ देखि कार्तिक ३०, २०८२ सम्म देशभरका आधिकारिक सामसङ विक्रेताहरूमा लागू हुनेछ।
यस अवधिमा ग्राहकहरूले सामसङका टिभी, फ्रिज र वाशिङ मेसिन मा आकर्षक क्यासब्याक र छुटसहित नयाँ उत्पादनहरू खरिद गर्न सक्नेछन्।
FACEBOOK COMMENTS