काठमाडौं । सामसुङले नयाँ ग्यालेक्सी क्२६ सिरिज सार्वजनिक गरेको छ, जसलाई कम्पनीले आफ्नो सबैभन्दा सहज र स्मार्ट ‘ग्यालेक्सी एआई’ फोनको रूपमा प्रस्तुत गरेको छ।
नवीनतम एआई प्रविधिबाट सुसज्जित यो सिरिजले प्रयोगकर्ताको दैनिक जीवनलाई अझ सहज, व्यक्तिगत र बुद्धिमान बनाउन लक्ष्य राखेको छ।
ग्यालेक्सी क्२६ सिरिजमा नेक्स्ट–जेनेरेसन ग्यालेक्सी एआई समावेश गरिएको छ, जसले स्मार्ट इन्टरएक्सन, उत्पादकता वृद्धि र सिर्जनशीलता सहज बनाउन मद्दत गर्छ।
एआई–सक्षम क्यामेरा, रियल–टाइम असिस्टेन्स, उर्जा दक्षता र अनुकूलित प्रदर्शनमार्फत प्रयोगकर्ताको बानीअनुसार फोनले काम गर्ने सुविधा प्रदान गरिएको छ।
यस सिरिजमा प्रिमियम डिजाइन, शक्तिशाली प्रोसेसिङ क्षमता र एआई–आधारित ब्याट्री अप्टिमाइजेशन समावेश गरिएको छ, जसले मल्टिटास्किङ, मनोरञ्जन र भरपर्दो दैनिक प्रयोगमा उत्कृष्ट अनुभव दिलाउँछ। एआई–सक्षम क्यामेरा प्रणालीले विभिन्न वातावरणमा पनि उच्च गुणस्तरका फोटो तथा भिडियो खिच्न सक्ने सुविधा दिन्छ।
सामसुङ नेपालका एमएक्स निर्देशक प्रणय रत्न स्थापनले भने, “ग्यालेक्सी क्२६ सिरिजले प्रयोगकर्तालाई अझ नजिकबाट बुझ्ने क्षमता ल्याएको छ। ग्यालेक्सी एआईले सहज र प्राकृतिक अनुभव दिलाउँदै नेपाली उपभोक्ताको दैनिक जीवन, सिर्जनशीलता र उत्पादकतालाई अझ उचाइमा पुर्याउनेछ।”

यसअघि सामसुङ नेपालले ‘ह्यान्ड रेजर अफर’ सञ्चालन गरेको थियो, जसअन्तर्गत ग्राहकहरूले फोन प्रि–रिजर्भ गरेर विशेष सुविधा, आकर्षक एक्सचेन्ज विकल्प, २४ महिनासम्मको सजिलो ईएमआई सुविधा तथा उपहार प्राप्त गरेका थिए।

ग्यालेक्सी क्२६ सिरिज नेपालभरका अधिकृत सामसुङ स्टोरहरूमा उपलब्ध हुनेछ। कम्पनीले प्रि–अर्डर अफर र ईएमआई सुविधा ‘इन्स्टा फाइनान्स’मार्फत हुलास फिनसर्भ प्रा.लि.को सहकार्यमा उपलब्ध गराउने जनाएको छ।

FACEBOOK COMMENTS