काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
आज बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
चुक्ता पुँजी चार अर्ब ३१ करोड २६ लाख २१ हजार ५१३ रुपैयाँ ७८ पैसाको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्न लागिएको कम्पनी सचिव अनिल कृष्ण जोशीले जानकारी दिए ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्विकृति दिएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने छ ।
FACEBOOK COMMENTS