काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ ।
सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटकपटक स्थगित हुँदै आएको छ ।
२०७९ कात्तिकमा दर्ता भएको मुद्दाको फैसला सुनुवाइ पेसी विभिन्न बहानामा पटक पटक सर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS