काठमाडौं । पाटन उच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश भएको छ ।
अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै सन्दीपलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । तर, उनका बुबा टोपबहादुर रायमाझीको हकमा भने उच्च अदालतले जिल्लाकै निर्णय यथावत् रहने आदेश सुनाएको छ ।
यस्तै, बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ । सहप्रतिवादी र प्रतिवादीले उनलाई पोल गरेको नदेखिएको र केसीले इन्कारी बयान दिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो ।
भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश
टोपबहादुरसहित आठ जनालाई पुर्पक्षमै राख्न उच्च अदालतको आदेश, बालकृष्णबारे के आयो फैसला ?
FACEBOOK COMMENTS