काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल)मा सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्स पराजित भएको छ ।
राजशाहीले शुक्रबार भएको रोमाञ्चक खेलमा चटोग्राम रोयल्ससँग दुई विकेटको हार व्यहोरेको छ । साइलेटमा भएको खेलमा राजशाहीले दिएको १२९ रनको लक्ष्य चटोग्रामले दोस्रो इनिङको अन्तिम बलमा आठ विकेट गुमाएर पूरा गर्यो ।
चटोग्रामका हसन नवाजले अविजित ३५ रन जोडे । कप्तान मेहदी हसनले २८ रन बनाए । आसिफ अलीले २७ र एडम रोसिङ्टनले १७ रन थपे । राजशाहीबाट बिनुरा फर्नान्डोले सर्वाधिक तीन विकेट लिए । एसएम मेहेरोबले दुई विकेट लिए ।
यस्तै, नेपाली स्पिनर सन्दीप लामिछाने, रिपोन मोन्डल र तान्जिम हसन साकिबले समान एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको राजशाहीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२८ रन बनाएको थियो । राजशाहीबाट ब्याटिङको अवसर समेत पाएका नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछानले पाँच रन बनाए ।

FACEBOOK COMMENTS