काठमाडौं । नाबालिका करणि गरेको अभियोग लागेका सन्दीप लामिछाने काठमाडौं आइपुगेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका लामिछाने बिहिबार बिहाना १०:५५ बजे काठमाडौं ओर्लिएका हुन् ।
उनी तार एअरवेजको क्यूआर ६४८ नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हुन्।
केहिदिन अघि उनले फेसबुकमार्फत २१ गते नेपाल आउने जनाएका थिए । फेसबुकमार्फत भनेअनुसार नै उनी आज नेपाल फर्किएका हुन् ।
१० बजे विमानस्थलमा अवतरण हुने तालिका भएतापनि खराब माैसमका कारण विमान अवतरण हुना ढिलाे भएकाे थियाे । माैसमका कारण तारा एअरवेज धेरैपटक आकाशमा फन्को लगाएर बसेको थियो ।
सन्दिप फर्किने भएपछिविमान स्थलमा प्रहरीका बाक्लाे उपस्थिति रहेकाे थियाे ।
उनलाइ विमानस्थलबाटै प्रहरिले प्रक्राउ गरेर लगेकाे छ ।
उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियन लिग खेल्न नेपाल बाहिर थिए । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।
उनलाई सिधै गौशाला प्रहरी वृतमा लगिएको जनाइएकाे छ ।
FACEBOOK COMMENTS