असोज । नेपाल आए लगतै पक्राउ परेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई मेडिकल जाँचका लागि अस्पताल लगिएको छ ।
उनलाई स्वास्थ्य परीक्षका लागि केएमसी अस्पाताल लगिएको हो ।
बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं ओर्लिएका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेर प्रहरी वृत्त गौशाला लगेको थियो ।
त्यस पछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको हो । दशैँको बिदा भएकाले उनलाई अदालतमा भने आइतबार मात्रै पेश गरिने छ ।
एक १७ वर्षिय नाबालिगलाइ बलात्कार गरेकाे आरोप लागेपछि उनी पहिलो पटक नेपाल आएका हुन् । उनी विदेशमै भएकाे समयमा पिडित भनिएकी बालिकाले उनीविरूद्ध मुद्दा दायर गराएकी थिइन् ।
लगत्तै जिल्ला अदालत काठमाडाैंले उनलाइ पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेकाे थियाे । अदालतले पक्राउ पुर्जी जारीगरेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले पनि उनलाइ निलम्बित गरेकाे थियाे ।
FACEBOOK COMMENTS