काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामा आज पनि बहस हुने भएको छ । बुधबार जिल्ला अदालत काठमाडौंमा सुनुवाइ निरन्तर भयो ।
तर बुधबार सुनुवाइ नसकिएपछि आज पनि सुनुवाइ हुनेछ । गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ ।
बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गरेका छन् । सन्दीपका कानून व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ ।
FACEBOOK COMMENTS