काठमाडौं । नेपाली राष्ट्रिय टोलिका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि सुनुवाइ हुनेछ ।
जिल्ला अदालत काठमाडौंमा गत आइतबारदेखि सुरु भएको बहस लम्बिएपछि आजका लागि हेर्दा हेर्दैमा राखिएको हो ।
बुधबार वादी पक्षको बहस सकिएकोमा बिहीबार प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए । बिहीबार प्रतिवादी लामिछानेको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्ण सापकोटा लगायतले बहस गरेका छन् । बहसपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।
यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।
FACEBOOK COMMENTS