काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा सुरू भएको छ ।
उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थित छैनन् ।
जेनजी आन्दोलनका क्रममा सभापति देउवालाई भदौ २४ गते आन्दोलनकारीले आफ्नै निवास बुढानीलकण्ठमा घरबाट बाहिर निकाली कुटपिट गरेका थिए ।
कुटपिटबाट देउवाको गर्दनमा गहिरो चोट लागेको थियो । त्यो चोटमा १२ टाँका लगाइएको थियो ।
उनको घाउ पूर्ण रूपमा निको भइनसकेकाले बैठकमा नआएको नेताहरूले बताएका छन् ।
FACEBOOK COMMENTS