काठमाडाैं । सांग्रिला डेभेलपमेन्ट बैंक लि.ले कल सेन्टरको रुपमा सांग्रिला कस्टमर केयर इकाइको शुरुवात गरेको छ । कल सेन्टरको रुपमा स्थापित यस पमा सांग्रिला कस्टमर केयरबाट प्रवाह हुने सेवाले हाम्रा ग्राहकका विभिन्न जिज्ञासाहरु सहज तरिकाले समाधान हुने कुरामा विश्वास लिएकाे बैंकले जनाएकाे छ ।
सांग्रिला कस्टमर केयर इकाईको मुख्य उद्देश्य आफ्ना ग्राहक तथा सम्वन्धित व्यक्तिहरुको जिज्ञासा, ग्राहकलाई पर्न गएको असुविधा र द्विविधाहरु तथा विभिन्न किसिमका प्रश्नहरुको समाधान गर्नु रहेको जनाइएको छ ।
यस सम्वन्धि कार्यको लागि तोकिएको फोन नं.०१–५९७००५२, ९८६३५८९००० मार्फत बैंकको पमा सांग्रिला कस्टमर केयरमा सम्पर्क राखी सहज तरिकाले आफ्ना बैंक सेवा संग सम्वन्धित समस्याहरु समाधान गर्न सकिन्छ। बैंकको विदाको दिन बाहेक यस सम्वन्धि सेवा आइतवार देखि विहिवार विहान ९ः ३० देखि वेलुका ५: ३० सम्म र शुक्रबार ९ः ३० देखि दिउँसो ३: ३० सम्म यस सेवा संचालन हुनेछ ।
उक्त सेवाबाट मोबाइल बैंकिङ, एटीएम लगायतमा देखिएका विभिन्न समस्याहरुका समाधान उपयाहरु, बैंकको हरेक सन्ध्याकालिन तथा विदाका दिन बैंक खोल्ने समय तालिका, बैंकको शाखा कार्यालय भएका स्थान र सम्पर्क नं, कर्जा तथा निक्षेप सम्वन्धि जानकारी लगायतका आफ्ना जिज्ञासाहरु यस सेवा मार्फत प्राप्त गर्न सकिनेछ ।
यस इकाइको शुरुवात भए प्रश्चात घर आँगनमै बसी फोन मार्फत नै बैंक सम्वन्धित हरेक जिज्ञासा सजिलो संग प्राप्त गर्न सकिने भएकाले यस बाट धेरै ग्राहकहरुले सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।
यदि ग्राहकको फोन कल मिस भएमा वा सम्पर्क हुन नसकेको अवस्थामा समेत यस सांग्रिला कस्टमर केयर इकाइका कर्मचारीहरुले पुन ग्राहकवर्गलाई कल व्याक गरी उनीहरुको समास्याहरुबारेमा जानकारी लिई समस्याको समाधान गरिरहेको व्यहोरा बैंकले जानकारी दिएको छ ।
यदि कुनै समस्या सांग्रिला कस्टमर केयर इकाइबाट समाधान हुन नसकेको खण्डमा सम्वन्धित विभागहरु द्वारा सम्वन्धित ग्राहकवर्गलाई सम्पर्क राखी उक्त समस्याको समाधान गरिदिने व्यवस्था समेत मिलाइएको जनाइएको छ ।
FACEBOOK COMMENTS