काठमाडौं । सांग्रिला विकास बैंकले हालै आफ्नो मोबाएल बैकिङ एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ ।
नयाँ एप्लिकेसन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेसनल निर्माण गरेको बताएको छ । जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको समेत बताएको छ ।
सांग्रिला स्मार्ट डिजिटल बैंकिङका लागि ओम्नि च्यानल दृष्टिकोणमा आधारित रहेको भन्दै कम्पनीले यसले ग्राहकलाई उनीहरुको मोबाइल र वेब उपकरणबाट सहजै एप्लिकेसन प्रयोग गर्न प्रमाण र पास वर्ड प्रयोग गर्न अनुमति दिने भएको छ । नयाँ एप्लिकेसनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्डरपिन रिसेट, माध्यमहरुको अन्तर सञ्चालन जस्ता सुविधा रहेको बताइएको छ ।
एप्लिकेसनको अपग्रेडबारे सांग्रिला बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्वप्रसाद जोशीले बैंकले डिजिटल बैंकलाई सधै प्रबर्द्धन गर्दै आएको बताए ।
FACEBOOK COMMENTS