काठमाडौं । राजधानीमा कार्स क्याफेको कन्सेप्टमा वृहत् मल्टी-ब्राण्ड शोरूम खुलेको छ । सांग्रिला मोटर्सले काठमाडौंको नारायणहिटी संग्रहालय स्थित उत्तर ढोकामा तीनवटा सवारी ब्राण्डलाई लिएर क्याफेसहितको शोरूम सञ्चालनमा ल्याएको हो ।
कम्पनीले सिट्रोन, प्युजो र लिपमोटर्सलाई समेटेर मल्टी शोरुम सञ्चालनमा ल्याएको हो ।
शुक्रबार विशेष कार्यक्रमका बीच क्याफेसहितको शोरूम उद्घाटन गर्दै कम्पनीले दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुद बनाउने रणनीतिक योजनासहित स्टेलान्टिसले नेपालमा दोस्रो डिलरशिपको उद्घाटन समेत गरेको जनाएको छ ।
यो डिलरशिप गोल्छा अर्गनाइजेशन अन्तर्गतको सहायक कम्पनी सांग्रिला मोटर्स प्रालिद्वारा सञ्चालन हुनेछ ।
नयाँ डिलरशिपको औपचारिक उद्घाटन स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजेला र सांग्रिला मोटर्सका प्रबन्धक हेमन्त गोल्छाले संयुक्त रूपमा गरे । उक्त विशेष कार्यक्रममा नेपालका लागि फ्रान्सेली राजदूत महामहिम भर्जिनी कोर्तेवालको समेत उपस्थिति रहेको थियो ।
मल्टी शोरूमको उद्घाटन गर्दै शैलेश हजेलाले भने, ‘नेपाल हाम्रो अपरेशनको रणनीतिक बजार हो । हामी सांग्रिला मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई विश्वस्तरीय मोबिलिटी समाधान उपलब्ध गराउन पाँदा निकै उत्साहित छौँ । यो नयाँ शोरूममार्फत स्टेलान्टिसले आगामी युगका विद्युतीय सवारी साधनसहित विश्वप्रसिद्ध प्रविधि र ब्राण्डहरु नेपाली बजारमा प्रस्तुत गर्ने प्रतिबद्धतासमेत दोहोर्याउछु,’ उनले भने ।
यसैगरी, हेमन्त गोल्छाले भने, ‘यो नयाँ शोरूम उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित गर्दै गरेको लगनशील प्रयासको निरन्तरता हो । सिट्रोन, प्युजो र लिपमोटर एकै स्थानमा उपलब्ध गराएर हामी नेपाली ग्राहकहरूका लागि प्रिमियम मोबिलिटी समाधानको एक मात्र गन्तव्य बन्नेछौँ भन्ने विश्वास लिएका छौं ।’
कार्स क्याफेसहितको मल्टी शोरुमको अग्रभागमा गाडी प्रदर्शन गरिनेछ भने शोरुमको भित्री भाग र साइडमा क्याफे सञ्चालन गरिनेछ । यो उत्कृष्ट कन्सेप्ट हो ।
FACEBOOK COMMENTS