चितवन । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र नारायणी सामुदायिक हस्पिटल प्रालि चितवनबीच स्वास्थ्य उपचार सेवामा सहुलियतसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा. भक्तमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आवद्ध, विमित, अभिकर्ता, कर्मचारीहरुले उपचारमा १०% सम्म सहुलियतको व्यवस्था सहित सम्झौता भएको कम्पनी क्षेत्र प्रबन्धक इशा प्रधानले जानकारी दिइन् ।
FACEBOOK COMMENTS