सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्वीटी फण्डले यस वर्ष १८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । फण्डले इकाईधनीहरुलाई कर सहित १८ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको हो ।
योजनाको आकार १ अर्ब ३० करोड रहेकोमा फण्डले १८ प्रतिशतले हुन आउने २३ करोड ४० लाख रुपैयाँ नगद लाभांश बितरण गर्ने भएको हो । सानिमा क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको सानिमा इक्विटी फण्डको आ.व.२०७९/८० को लाभांश घोषणा गरेको हो। क्यापिटलको भदौ २२ गते बसेको सञ्चालक समितिको बैंठकले प्रतिफल बितरण गर्ने निर्णय गरेको हो।
लाभांश बितरणको लागि बुक क्लोज पछि तय गरिने क्यापिटलले जनाएको छ ।
FACEBOOK COMMENTS